न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक ठाउँको सूचीमा लुम्बिनी

न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक ठाउँको सूचीमा लुम्बिनी



काठमाडौं । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक ठाउँको सूचीमा नेपालको लुम्बिनी परेको छ ।

न्यूयोर्क टाइम्सले सन् २०२५ मा घुम्नका लागि उत्कृष्ट ५२ गन्तव्य भनेर सार्वजनिक गरेको सूचीमा नेपालको लुम्बिनीलाई नवौं स्थानमा राखेको छ ।

न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त चर्चा पनि गरेको छ । त्यसमा हजारौं वर्ष पहिले मायादेवीले लुम्बिनीको बगैँचामा सिद्धार्थ गौतम बुद्धलाई जन्म दिएको र लुम्बिनी त्यसबेलादेखिको प्राचीन भग्नावशेष रहेको र बौघ केन्द्रहरूले भरिएको तीर्थस्थल बनेको भनिएको छ ।

भूकम्पले हल्लाकएको १० वर्षपछि, नयाँ मन्दिर र ध्यान केन्द्रहरू खुलिरहेका भनेर संक्षिप्त परिचयमा लेखिएको छ । त्यसमा नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेण्ड टेम्पल’बारे पनि चर्चा गरिएको छ ।

थाउजेन्ड टेम्पल तिब्बती शैलीको संरचना हो जहाँ बुद्धका तीनवटा १६ फिट अग्ला मूर्तिहरू र १,००० भन्दा बढी अन्य बुद्ध मूर्तिहरूले सजाइएको छ भनेर पनि परिचयमा लेखिएको छ ।

न्यूयोर्क टाइम्सको उक्त सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन छ । भारतको आसाम चौथो स्थानमा छ ।