खलनायकले ओठमा चुम्बन गरेपछि सुपरहिट नायिकाले गरिन् बान्ता

खलनायकले ओठमा चुम्बन गरेपछि सुपरहिट नायिकाले गरिन् बान्ता


ग्लोब नेपाल
3.1k
Shares

मुम्बइ । अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा विरोधमा उत्रन गर्दथे । उनीहरू कुनै पनि फिल्म साइन गर्नु अघि नै आफ्ना सर्तहरू निर्मातालाई सुनाउँथे कि कम्तिमा किस सिन नहोस ।

यस्तै एक अभिनेत्री थिइन, जसले ९० को दशकमा राज गरेकी थिइन् तर चुम्बन दृश्यको विरुद्धमा भने खरो उभिएकी थिइन् । यी अभिनेत्रीले ९० को दशकमा धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । सलमान खानदेखि अजय देवगनजस्ता स्टारहरूसँग अन स्क्रिन रोमान्ससमेत गरेकी थिइन तर चुम्बन बिना । यी अभिनेत्री हुन्–पद्मश्री पुरस्कार विजेता रविना टण्डन ।

रविना टण्डनले आफ्नो अभिनय करियरको सुरुवात सन् १९९१ मा फिल्म ‘पत्थर के फूल’बाट गरेकी थिइन् । स्टार किड भए पनि आफ्नो क्षमताको बलमा उनले उद्योगमा नाम कमाउन सफल भएकी थिइन । उनले काम पाउनका लागि नै भनेर पर्दामा कुनै अन्तरंग दृश्य गरिनन् । तर, एक पटक सुटिङको क्रममा अचानक उनको ओठ एक कलाकारले चुमिदियो  । यो घटनाले उनलाई निकै हतास बनायो । 

लेहरेन रेट्रोलाई दिएको एक अन्तर्वार्तामा केजीएफः२ अभिनेत्री रविना टण्डनले उक्त घटनाको बारेमा खुलेर कुरा गरेकी छिन् । उनले सुटिङको क्रममा एक्कासी ती कलाकारले आफ्नो ओठ छोएको बताइन् । यो भुलबस थियो तर अभिनेत्री टन्डनलाइ भने निकै असहज भयो। अभिनेत्रीले भनिन, ‘मलाई याद छ कि मैले एक पुरुष अभिनेतासँग थोरै रफ ह्यान्डलिंग दृश्य गरिरहेको थिएँ र मलाई याद छ कि भुलवश उनको ओठले मेरो ओठ छोयो। यो भूलवश भयो, त्यसको कुनै आवश्यकता थिएन। यो एक गल्ती थियो। म मेरो कोठामा गएँ र टन्नै वान्ता गरें किनभने मलाई कुनै पनि आराम थिएन। शट सकियो र म वाकवाकी महसुस गर्दै माथिल्लो तलामा गएँ।

उनले अगाडी भनिन, ‘मैले सहनै सकिनँ। अनि मैले रिसाएर भने, ‘कृपया आफ्नो दाँत माझ्नुहोस्, आफ्नो मुख सय पटक धुनुहोस्।’

रविना टण्डनले यो घटनापछि पुरुष अभिनेताले पनि आफूसँग माफी मागेको र अभिनेत्रीले उनलाई माफी दिएको पनि जनाइन । उनले भनिन, ‘यदि मलाई केहि गर्न सहज छैन भने त्यो म गर्दिन। उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । उहाँ धेरै क्षमाप्रार्थी हुनुहुन्थ्यो र मैले यो गल्ती गरे भन्नुभयो।’

रविना टण्डनले खुलासा गरेकी थिइन् कि त्यतिबेला नो–किसिङ नीतिको लागि कुनै सम्झौता गरिएको थिएन् तर पनि उनले त्यसो कहिल्यै गरिनन् । यसबाट उनी सहजै भइनन् । यद्यपी अभिनेत्रीले उनको ओठमा चुम्बन गर्ने कलाकारको नाम भने खुलाउन अस्विकार गरिन् ।