काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई गैरआवासीय राजदूतलाई नियुक्त गरेका छन् । पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।
क्यानडाका लागि नेपालको आवासीय राजदूतमा भरतराज पौड्याललाई गणतन्त्र क्यूवाका लागि, थाइल्यान्डका लागि नेपालको आवासीय राजदूत धन बहादुर ओलीलाई समाजवादी गणतन्त्र भियतनामका लागि र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
प्रतिक्रिया