त्रिपाठीमाथिको आक्रमण निन्दनीयः काँग्रेस

त्रिपाठीमाथिको आक्रमण निन्दनीयः काँग्रेस


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाली काँग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

त्रिपाठीमाथि बुधबार स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहसका क्रममा बचतकर्ताका तर्फबाट बहस गरेर बाहिरिने क्रममा काठमाण्डू जिल्ला अदालतबाहिर आक्रमण भएको थियो ।

त्रिपाठीेले आफूमाथिको आक्रमणमा रास्वपा कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन ।

उनले उक्त घटनामा संलग्नहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा यस्ता अराजकता र अबाञ्छित गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने उल्लेख छ ।

‘सहकारीको अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा आज भएको थुनछेक बहस सकिएपछि बाहिर निस्कँदै गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै केही अराजक व्यक्तिहरूले एक्कासि आक्रमण गर्दै लछारपछार, हातपात र दुव्र्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई अधिकार रहेको काँग्रेसले जनाएको छ ।

‘विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ ।’

रास्वपाले भने घटनामा संलग्न आफ्नै दलका कार्यकर्ता भए पनि कारबाही गर्न सरकारसँग माग गरेको छ ।