काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा भएको कुटपिटमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ की ५५ वर्षीया सीतादेवी राई हुन् । काठमाडौं प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले राईलाई काठमाडौंको शान्तिनगरबाट पक्राउ गरिएको जानकारी दिए ।
अधिकारीका अुनसार राईलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । यसअघि आइतबार त्रिपाठीमाथि कुटपिटमा संलग्न हुम्ला अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी पक्राउ परेका थिए ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा बचतकर्ताका पक्षमा बहस गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि गत २ पुसमा जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट भएको थियो ।
प्रतिक्रिया