माओवादीले बोलायो संसदीय दलको बैठक

माओवादीले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आब्हान गरेको छ ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक आब्हान गरेको हो ।

सो बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

माघ १८ गते सुरू हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेरहथुमलगायत पुर्वी पहाडी जिल्लाहरूको दुइ दिने भ्रमणमा रहेकाले संसदको बैठक अघिल्लो दिन दलको बैठक बोलाइएको हो ।