जन्ती बोकेको ट्याक्टर दुर्घटना, २ को अवस्था गम्भीर

जन्ती बोकेको ट्याक्टर दुर्घटना, २ को अवस्था गम्भीर


ग्लोब नेपाल
0
Shares

काठमाडौं । कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ । जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश-०१०-२००१त१५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर राति सवा ११ बजेतिर दुर्घटना भएको हो ।

कैलाली प्रहरी प्रवक्ता डीएसपी कबीन्द्र बोहराले जानकारी दिए । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घाइते सबैको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।