साताको पहिलो दिन नै सुनको मूल्य उकालो लाग्यो

साताको पहिलो दिन नै सुनको मूल्य उकालो लाग्यो


ग्लोब नेपाल
864
Shares

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइताबार सुन तोलामा १ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।