काठमाडौं । चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार यो महिना लागि केही बैंकले ब्याजदर बढाएका छन् । केही बैंकले स्थिर राख्दा केही बैंकको ब्याजदर घटाएका छन् ।
२० वटा वाणिज्य बैंक मध्ये १७ वटा वाणिज्य बैंकले अघिल्लो महिनाकै ब्याजलाई निरन्तरता दिएका हुन् । हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंकले भने ब्याजदर सामान्य घटाएका छन् । फागुन महिनामा केही बैंकले ब्याजदर बढाएका भए पनि तरलता नघटेपछि चैतमा धेरै बैंकहरूले ब्याजदर स्थिर राख्नुका साथै तीन वटाले घटाएका हुन् ।
चैतमा वाणिज्य बैंकहरूको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ औसतमा ५ दशमलव ९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६ दशमलव ०१ थियो । चैत महिनामा एनआईसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ६ दशमलव ६ प्रतिशत ब्याज पाइने भएको छ ।
सबैभन्दा कम लक्ष्मी सनराइज र नेपाल एसबीआई बैंकमा ५ दशमलव ५ प्रतिशत दिएको छ । २० मध्ये ६ वटा बैंकको व्यक्तिगत मुद्दती तर्फ पनि ६ प्रतिशतभन्दा कम ब्याजदर रहेको छ । बचत तर्फ भने १३ वटा बैंकको ब्याजदर ३ प्रतिशत रहेको छ ।
बाँकीले ३ दशमलव ०१ देखि ३ दशमलव १ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।
प्रतिक्रिया