सुनको मूल्यमा कीर्तिमान, तोलामा एकैपटक ४ हजार रुपैयाँले बढ्यो

सुनको मूल्यमा कीर्तिमान, तोलामा एकैपटक ४ हजार रुपैयाँले बढ्यो


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोलामा चार हजार रुपैयाँले बढेर हाल सम्म कै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एकैसाथ ४ हजार रुपैयाँ बढेर तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । त्यसैगरी आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । आज चाँदी २ हजार ५० रुपैयाँमा किनबेच भईरहेको छ ।