सेयर बजारमा ९.९८ अंकको गिरावट

सेयर बजारमा ९.९८ अंकको गिरावट



काठमाडौं । सोमबार शेयर बजार फेरि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.९८ अंकले घटेर २६१०.४० अंकमा झरेको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुन नसकेको अनिश्चितताले लगानीकर्तामा ‘पर्ख र हेर’को मनोवृत्ति देखिएको छ, जसको असर बजारमा स्पष्ट देखिन्छ।

साथै, सेयर कारोबार रकममा पनि उल्लेखनीय गिरावट आएको छ। आइतबार ९ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार जम्मा ७ अर्ब ६३ करोडमा खुम्चिएको हो।

उपसूचकहरूमा सामान्य उतारचढाव देखिए पनि व्यापार, फाइनान्स र उत्पादनमूलक समूहमा अपेक्षाकृत बढी गिरावट आएको छ। व्यापार समूहको उपसूचक सबैभन्दा बढी ५१ अंक ९१.१३५० ले घटेको छ।