सामान्य बढ्यो शेयर बजार

सामान्य बढ्यो शेयर बजार



काठमाडौं । पाँच दिनपछि शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ०३ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २ प्रतिशतले उकालो लागेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका २ करोड ५ लाख कित्ता शेयर ८ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ ।