काठमाडौं । हिजो ६२ अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ०४अङ्कले घटेर २ हजार ६ सय ६१ दशमलव ६४ विन्दुमा झरेको छ ।
आज फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशत र अन्य समूहको शेयर १ दशमलव ८१ प्रतिशतले ओरालो लागेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।
हिजो १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ६५ रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया