कांग्रेस जिताउने अभियानमा जुट्न अष्ट्रेलियाबाट आव्हान

कांग्रेस जिताउने अभियानमा जुट्न अष्ट्रेलियाबाट आव्हान


ग्लोब नेपाल
1.1k
Shares

अष्ट्रेलिया (ब्रिशवेन) । अष्ट्रेलियाको सुन्दर शहर ब्रिशवेनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया ब्रिशवेन राज्य समितिले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपालमा हुन गईरहेको स्थानीय तह निर्बाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसलाई जिताउन प्रवासबाट प्रचार प्रसारमा लाग्न सबैलाई आब्हान गरिएको थियो। सामाजिक संजाल एवं संचारको प्रयोग गर्दै प्रवासबाट आफ्नो गाँउघरमा सम्पर्क गरी कांग्रेसमा भोट हाल्न समितिले आफ्ना सबै राज्य समितिमार्फत कार्यक्रम शुरु गरेको जानकारी गराएको थियो। आइतवार आयोजित कार्यक्रममा क्वीन्सलेण्डबाट केन्द्र र राज्य समितिमा निर्बाचित सदस्यहरुलाई प्रमुख अतिथि जनसम्पर्क समिति अष्ट्रेलियाका प्रमुख संरक्षक एवं निबर्तमान अध्यक्ष कृष्ण गिरी र बिशिष्ठ अतिथि बर्तमान अध्यक्ष सुरेश गुरुङले प्रमाण पत्र र खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पार्टी र संगठनमा लागेका हामी सबै लामो यात्राका सारथी हुनु पर्दछ भन्दै आत्तिने र मात्तिने कार्यले संगठनको हित हुन सक्दैन भने।

क्वीन्सलेण्ड राज्य समितिका संयोजक समिर खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका केन्द्रीय सदस्यद्धय मन्दिप केसी (मेन्डी) र तारा डाँगीले शुभकामना मन्तब्यसहित आफ्ना बिचार राखेका थिए । खतिवडाले आफनो पहिलो कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गिरीले ब्रिशवेनका साथीहरुले संगठनका लागि गरेको कार्यको प्रंशसा गर्दै नब निर्बाचित साथीहरुलाई काम गर्ने अवसर र चुनौती प्राप्त भएको छ भन्दै यसको सही सदुपयोग गरी पार्टी संगठनका लागि कार्य गर्न अनुरोध गरेका थिए । गिरीले नेपालमा हुन गईरहेको तीनै तहको निर्बाचनमा नेपाली कांग्रेसका उमेद्वारहरुलाई जिताउने अभियानमा जुट्न आब्हान गरेका थिए ।

कार्यक्रममा समितिका केन्द्रीय महामन्त्री रोहित खड्काले बिचारको द्वन्दलाई सम्मान गर्दै सबैले आफनो जिम्मेवारी निभाउनु पर्नेमा जोड दिएका थिए । समितिका साउथ अष्ट्रेलिया संयोजक दीलिप पोखरेलले पार्टीको नीति नियम र निर्देशनलाई पालना गर्दै सबै भ्रमलाई चिर्दै अबको दिनमा समितिले कार्य गर्ने बिश्वास दिलाएका थिए । उनले एडिलेडमा हुने संगठनको कार्यक्रममा सबैलाई सहभागिताका लागि अनुरोध समेत गरेका थिए । नबनिर्बाचित ब्रिशवेन राज्य समिति सचिब सुनिल बस्नेतले संचालन गरेको कार्यक्रममा राज्य समितिका सल्लाहकार इन्द्र न्यौपाने, पुर्व का.कोशाध्यक्ष उद्धब भट्ट लगायत पार्टीमा लामो समयदेखि कार्य गर्दै आएका यूवाहरुको उपस्थिति रहेको थियो ।