काठमाडौं । नेप्से परिसूचक आज पनि ओरालो लाग्दै ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा झरेको छ। हिजोको तीव्र गिरावटपछि पनि बजारले उकालो नलिएर निरन्तर गिरावट कायम राखेको हो।
आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूहबाहेक अन्य सबै समूहको सूचक ऋणात्मक देखिएको छ। कुल ३१३ कम्पनीमध्ये १८१ कम्पनीको शेयरमूल्य घटेको छ भने ६६ कम्पनीको शेयरमा वृद्धि भएको छ। समाज लघुवित्तको शेयर मूल्यमा भने खासै उतारचढाव देखिएन।
कर्पोरेट विकास बैंकको शेयरमा सबैभन्दा धेरै गिरावट ९५.८१५० आएको छ। यद्यपि बजार घटेको दिन पनि ओम मेगाश्री फर्मास्युटिकल्स र प्योर इनर्जी कम्पनीका शेयर मूल्य १०५ ले बढ्दै सकारात्मक संकेत देखिएका छन्।
कारोबार रकम पनि घटेर आज ५ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ। हिजो ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज कुल १ करोड ३७ लाख कित्ता शेयर किनबेच भएको जनाइएको छ।


प्रतिक्रिया