सुन तस्करी प्रकरणमा मुछिएकी रोका काठमाडौंबाट पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएकी रोका काठमाडौंबाट पक्राउ



काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहिएकी अमला रोकालाई काठमाडौंमा पक्राउ गरिएको छ । प्रहरीले उनलाई विशेष निगरानीपछि नियन्त्रणमा लिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) स्रोतका अनुसार रोकालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनी यसअघि इन्टरपोलद्वारा जारी गरिएको डिफ्यूजन नोटिसमा परेकी थिइन् ।

उनी बेल्जियमका नागरिक दाबा छिरिङकी पत्नी रहेको खुलेको छ, जसको नाम पनि सुन प्रकरणमा जोडिएको थियो । यस्तै, काठमाडौंको ठमेलस्थित होटल भियना पनि उनीकै नाममा दर्ता रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।