कोरोना संक्रमणका कारण विराटनगरमा एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण विराटनगरमा एक महिलाको मृत्यु



काठमाडौँ ।मंगलबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित एक ३९ वर्षीय महिलाको मृत्यु भएको छ। उनी इलामकी थिइन्।

अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको क्रममा उनको आज बिहान निधन भएको हो। मृतक महिलालाई श्वासप्रश्वासमा समस्या र ज्वरो बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो।

कोशी प्रदेशमा हालसम्म कोरोना संक्रमित आठ जनाको तथ्याङ्क छ। तीमध्ये झापाका चार, मोरङ र इलामका दुई-दुई जना रहेका छन्।