काठमाडौँ । काठमाण्डौमा भारतीय पर्यटकहरूलाई होटल खोज्ने बहानामा लुटपाट गर्ने तीन जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ घर भइ काठमाण्डौ महानगरपालिका–१६ सोह्रखुट्टे नयाँबजारमा बस्दै आएका २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र नमोबुद्ध–१ घर भई टोखा नगरपालिका–१० श्रृजनाटोलमा बस्ने २८ वर्षीय नीलकुमार तामाङ रहेका छन्।
उनीहरूले पर्यटकलाई होटल खोज्न सहयोग गर्ने भन्दै ठमेल क्षेत्रबाट गोङ्गबुस्थित ध्रुवतारा कम्प्लेक्सको छैटौँ तलामा लगेर कुटपिट र लुटपाट गरेको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौमा पठाइएको जानकारी दिइएको छ।


प्रतिक्रिया