६ दिनसम्म लगातार बढेको बजार आज २२ अंकले घट्यो

६ दिनसम्म लगातार बढेको बजार आज २२ अंकले घट्यो



काठमाडौँ । ६ दिनसम्म लगातार बढ्दै आएको सेयर बजारमा आज गिरावट देखिएको छ। नेप्से परिसूचक आज २२.३५ अंकले घटेर २,६८४.०१ मा झरेको छ।

बजारको कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज यो रकम घटेर ८ अर्ब ३७ करोडमा सीमित भएको छ।

कुल ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको छ। फाइनान्स समूह सबैभन्दा बढी प्रभावित रह्यो, जसको परिसूचक ३.७६ प्रतिशतले घटेको छ।

अन्य घट्ने समूहहरूमा बैंकिङ ०.७९%, विकास बैंक ०.८१%, हाइड्रोपावर १.०२%, लगानी ०.७६%, जीवन बीमा ०.९३%, उत्पादन तथा प्रशोधन १.२४%, माइक्रोफाइनान्स ०.७०%, निर्जीवन बीमा ०.६६%, अन्य ०.१५% तथा व्यापार समूह १.२५% रहेका छन्। यद्यपि, होटल तथा पर्यटन समूहले ०.६१ प्रतिशतले वृद्धि देखाएको छ।

उता, माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढ्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२८%, भगवती हाइड्रोपावरको ४.०६%, सिन्धु विकास बैंकको ३.७४% र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.५९% ले सेयर मूल्यमा वृद्धि देखिएको छ।

आजको बजारमा सबैभन्दा धेरै गिरावट राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयरमा देखियो, जसको मूल्य १० प्रतिशतले घट्यो। त्यसपछि ग्रिन डेभलपमेन्ट बैंकको ९.४९%, नेपाल फाइनान्सको ५.३९% र समृद्धि फाइनान्सको ४.५९% ले कमी आएको छ।