सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशत्रयले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशत्रयले लिए शपथ



काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथ खुलाएका हुन् ।

न्याय परिषद्‌को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए ।

शपथग्रहणपछि मंगलबारदेखि नै नवनियुक्त न्यायाधीशत्रयले कार्यभार सम्हालेका छन् । यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

परिषद्को अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथ ग्रहण गराएका हुन् ।