बौद्धस्थित नयाँ बस्तीबाट चिनियाँ नागरिक पक्राउ , १ करोड ४४ लाख नगद बरामत

बौद्धस्थित नयाँ बस्तीबाट चिनियाँ नागरिक पक्राउ , १ करोड ४४ लाख नगद बरामत



काठमाडौँ । बौद्धस्थित नयाँ बस्तीबाट १ करोड ४४ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको नाम वाङ जिएन रहेको छ। अनुसन्धान भइरहेको परिसरले जनाएको छ।