टेक्सासमा बसोबास गर्ने नेपालीहरुलाई सतर्क रहन प्रधानमन्त्री आग्रह

टेक्सासमा बसोबास गर्ने नेपालीहरुलाई सतर्क रहन प्रधानमन्त्री आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाकाे टेक्सासमा बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गरेका छन् । उनले बाढीका कारण टेक्सासमा १ सय जनाभन्दा बढीको ज्यान गएको सन्दर्भमा त्यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ । त्यहाँ अहिले बाढीका कारण १ सयभन्दा बढीको ज्यान गएको छ । टेक्सासको बाढीमा ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु । त्यहाँ बसोबास गर्ने सबै नेपालीलाई सतर्क रहन आग्रह गर्दछु ।”