काठमाडौं । बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने-बर्दघाट खण्डअन्तर्गत खुर्साने खोला नजिक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मंगलबाररातिको वर्षाका कारण सडकको केही भाग बगाएपछि यातायात सेवा ठप्प भएको सडक आयोजनाले जनाएको छ ।
सडक मर्मतको कार्य यथासम्भव छिटो सुरु गरिने भए पनि तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । मनसुन सुरु भएदेखि नै यो स्थानमा पटक-पटक सडक अवरुद्ध हुँदै आएकोले यस सडकखण्डमा यात्रा गर्नेहरूले बारम्बार सास्ती भोग्दै आएका छन् ।


प्रतिक्रिया