शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो



काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ .८९ अङ्कले बढेर २७ सय ३१ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ । यस्तै माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।

आज माई खोला हाइड्रोपावर कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।