काठमाडौं । बानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । संसद भवनमा असार २४ मा बिहान ड्रोन भेटिएको थियो ।
बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।
प्राध्यापक विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू सुजलकाजी श्रेष्ठ, समन महर्जन, अफ्ताव रेजा र समिप खतिवडालाई पक्राउ गरिएको हाे ।
निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि सांसद रामहरि खतिवडाले सदनमा कुरा उठाएका थिए ।
विद्यार्थीहरूलाई ड्रोन निर्माण गरी परिक्षण गर्न टास्क दिने क्रममा ड्रोन संसद भवनमा खसेको जनाइएको छ ।


प्रतिक्रिया