मेरो नेतृत्वमा सरकार बनेयता अर्थतन्त्र ४ खर्बले बढ्यो : प्रधानमन्त्री ओली

मेरो नेतृत्वमा सरकार बनेयता अर्थतन्त्र ४ खर्बले बढ्यो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्षे कार्यकालमा अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे दाबी गरेका हुन् ।

उनका अनुसार, हाल अर्थतन्त्रको आकार ६१ खर्ब पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ४ खर्बले बढी हो । यस्तै, राजस्व एक खर्ब आठ अर्बले बढेको छ भने पूँजीगत खर्च पनि ३६ अर्बले बढेको प्रधानमन्त्री ओलीले जनाएका छन् ।

उनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने प्रक्षेपण गरिएको जानकारी पनि दिएका छन् । अघिल्लो वर्ष यो दर ३.८७ प्रतिशत थियो । प्रधानमन्त्री ओलीले यो उपलब्धिलाई सरकारको प्रभावकारी कार्यसम्पादनको परिणामका रूपमा प्रस्तुत गरेका छन् ।