बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका नेताहरू पक्राउ

बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका नेताहरू पक्राउ



काठमाडौं । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौँले बालुवाटारमा गरेको विरोध प्रदर्शनबाट नेताहरू पक्राउ परेका छन् ।

विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा आन्दोलन गरेको थियो ।

त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेर ६ विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका काठमाडौँ जिल्ला अध्यक्ष अंशुल केसी, काठमाडौँ सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ र रोहन देशार र सतिश यादव पक्राउ परेका नेविसंघ काठमाडौँ अध्यक्ष केसीले जानकारी दिए ।