विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि प्रहरीले गर्‍याे सोधपुछ

विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि प्रहरीले गर्‍याे सोधपुछ



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले विभिन्न सम्बोधन र विज्ञप्तिका क्रममा श्री ५ महाराजधिराज सरकार उल्लेख गरेपछि प्रहरीले सोधपुछ गरेको छ ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकलाई बोलाएर प्रहरीले सोधपुछ गरेको हो । काठमाडौं प्रहरी परिसरमा पाठकलाई बोलाएर सोधपुछ गरिँदैछ ।

अहिले उनीसँग सोधपुछ चलिरहेको प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

संविधानले नचिनेका भाषा विज्ञप्तिमा प्रयोग गरेपछि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न पाठकलाई बोलाइएको हो l

“नागरिकबाट श्री ५ किन उल्लेख भएको भनेर गुनासो पनि आइरहेको छ,” अधिकारीले भने, “संविधान कानुनले नदिएको शब्दको प्रयोग कहाँबाट भयो ? यसको वैधता के हो ? भनेर बुझ्न बोलाएको हो ।”