काठमाडौं महानगरपालिकाले आइतबार बजेट ल्याउने

काठमाडौं महानगरपालिकाले आइतबार बजेट ल्याउने

एक मिनेटमै सकियो महानगरको कार्यपालिका बैठक



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आइतबार (असार २९ गते) बजेट ल्याउने भएको छ ।

मेयर बालेन शाहले नगर सभा २९ गते दिउँसो २ बजे बोलाउने र त्यसको लगि सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समय तोकेको घोषणा गरेका हुन् ।

मेयर बालेनले साे जानकारी गराएपछि महानगरपालिकाकाे बैठक एक मिनेटमा सकिएको हाे ।

शुक्रबार बसेको नगर कार्यपालिका बैठकमा मेयर शाहले आइतबार बजेट ल्याउने प्रस्ता गरेका हुन् । आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ ।

आइतबार सोही बराबरको बजेट सार्वजनिक हुनेछ ।

बालेनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखेर उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो ।

लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे ।