धवलशमशेर र डा. लोहनीलाई लिएर लट्ठी टेकेर निर्वाचन आयोग पुगे सुवेदी

धवलशमशेर र डा. लोहनीलाई लिएर लट्ठी टेकेर निर्वाचन आयोग पुगे सुवेदी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

असार २५ गते पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन सुन्दर लावतीको जिम्मेवारी खोसिदिएका थिए । उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष मनोनयन गरेका थिए ।

शनिबार महामन्त्री धवलशमशेर जबराको निवासमा बसेको बैठकले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो। उनीहरूले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन् ।

सोहीअनुसार सुवेदी, धवलशमशेर, डा. प्रकाशचन्द्र लोहनी, लावतीलगायत नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।