मन्त्री गुप्ताको अडियो प्रकरणमा छानबिन गर्नुपर्छ : योगेश भट्टराई

मन्त्री गुप्ताको अडियो प्रकरणमा छानबिन गर्नुपर्छ : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मन्त्री गुप्ताको अडियो सही हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका हुन् ।

यस विषयमा संसद्मा समेत कुरा उठेकाले सम्बन्धित मन्त्रीले समेत संसद्‌मा आएर प्रस्ट पार्नुपर्ने उनले बताए ।भट्टराईले यसमा मन्त्रीहरूको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने समेत बताए ।

उनले सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गरे ।