विद्यार्थीलाई पोशाकमै आन्दोलनमा सहभागी गराएपछि प्रहरीको हस्तक्षेप

विद्यार्थीलाई पोशाकमै आन्दोलनमा सहभागी गराएपछि प्रहरीको हस्तक्षेप



काठमाडौँ । विद्यालय पोशाकमा रहेका विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराएको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भएको छ।

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थीहरूलाई प्रदर्शनमा सक्रिय बनाएको थियो।

प्रहरीले विद्यालय पोशाकमा रहेका सहभागीहरूलाई घर फर्कन आग्रह गर्दा नमाने पछि धकेलाधकेलको स्थिति उत्पन्न भएको छ।

घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। प्रदर्शनको उद्देश्य जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिनु भएको बताइएको छ।