एमालेको संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने

एमालेको संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने



काठमाडौं । नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ ।

सोमबार केन्द्रीय संगठन विभागको बैठकले ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो ।

उक्त बैठकका निर्णयबारे जानकारी दिन विभागका सचिव माधव ढुंगेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सदस्यता नवीकरणअघि परीक्षा लिने उल्लेख छ ।

पार्टीका नीति, सिद्धान्त, दृष्टिकोण, विचारलगायतबारे जानकारी छ कि छैन भन्ने बुझ्न सामान्य परीक्षा लिइने बताइएकाे छ ।

एमालेमा ५ लाख ५० हजार संगठित सदस्य छन् ।