भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित रंगेहात पक्राउ

भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित रंगेहात पक्राउ



काठमाडौं । भक्तपुर मालपोत कार्यालयका प्रमुख र एक सहयोगी २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

कार्यालय प्रमुख कुमार आचार्य र सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरू मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

उनीहरूले भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी मोहीको नाममा जग्गाधनी प्रमाणपत्र बनाउन घुस लिएको आरोप छ ।