सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजे

सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजे



काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ ।

यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय गरिएको हो ।

न्यौपानेकाे राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल आगामी फागुनमा सकिँदै छ ।