काठमाडौं । सुरक्षा कमजोरीका कारण मंगलबार अमेरिकाको राष्ट्रपति भवन ‘ह्वाइट हाउस’मा लकडाउन गर्नपरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यउमका अनुसार मंगलबार कसैले ह्वाइट हाउसको सुरक्षा बारमाथि फोन फ्याँकेको थियो ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारसँग भनिन्, ‘कसैले आफ्नो फोन बारमाथि फ्याँकेको थियो। यसपछि लगत्तै आवश्यक सुरक्षा उपाय अपनाइएको थियो ।’
हतारहतार पत्रकारहरूलाई जेम्स ब्राडी ब्रिफिङ रुममा सारिएको थियो र पेन्सिलभेनिया एभिन्यु अस्थायी रूपमा बन्द गरिएको थियो ।
तर पछि स्थिति सामान्य भयो। ह्वाइट हाउसले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन ।
घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए र पेन्सिलभेनिया जाने तयारी गरिरहेका थिए ।
यो घटनाले उनको कार्यक्रमलाई असर गरेन र उनी आफ्नो निर्धारित समयमा पेन्सिलभेनिया प्रस्थान गरे ।


प्रतिक्रिया