इलाम । इलामको सूर्यादय नगरपालिका–१ मा गएराति एक जनाको हत्या गरिएको छ । माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्यादय–१, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको थियो ।
काजी तामाङको घरमा भएको झगडाका क्रममा धारिलो हतियार प्रकाशमाथि प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दाजु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेको र गभ्मीर अवस्थामा रहेका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ ।
घटना पछि शेर्पालाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया