नेकपा बहुमतका विद्यार्थीले जलाए प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला

नेकपा बहुमतका विद्यार्थीले जलाए प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला



काठमाडौं । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरिएको छ ।

नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले बुधबार साँझ डिल्लीबजारदेखि सिंहदरबारतर्फ जाने बाटोमा पुत्ला दहन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री र शिक्षामन्त्रीमाथि विभिन्न आराेप लगाउँदै मसाल जुलुस निकालेका थिए ।

संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको लगायतका आरोप लगाउँदै उनीहरूले मसाल जुलुस निकालेका हुन् ।

उनीहरुले साउन २ गतेदेखि शैक्षिक हड्तालको घोषणासमेत गरेका छन् ।