काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई बिहीबार रास्वपाले औपचारिक स्वागत गरेको छ ।
उनले आफु दुई वर्ष पहिले नै रास्वपासँग जोडिएको तर आज औपचारिकता मात्रै पूरा भएको बताए । रेग्मीलाई पार्टीले अहिलेसम्म जिम्मेवारी भने ताेकिसकेकाे छैन ।
स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् । जापानबाट पिएचडी गरेका रेग्मी त्रिविको भूगोल विभागमा अध्यापन पनि गरेका थिए ।
०७६ माघमा बोर्डको सीईओ नियुुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओली र संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले रेग्मीलाई नियुक्त गरेका थिए ।
अब रेग्मीले स्याङ्जाबाट संघीय चुनाव लड्ने तयारी गरिरहेकाे चर्चा छ ।


प्रतिक्रिया