काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादका लागि बिहीबार खुमलटारस्थित उनकै निवास पुगे ।
करिब दुई घण्टा चलेको छलफलमा पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे गम्भीर ढंगले सबै कोणबाट विचारविमर्श भएको शेखर निकट एक नेताले जानकारी दिए ।
भेटमा समसामयिक राजनीतिक घटनाक्रम, संघीय सरकारको कामकारबाही र पछिल्लो समय सार्वजनिक भएका मन्त्रीहरूका अडिओ प्रकरणसम्बन्धी विषयमा विस्तृत छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भेटका क्रममा दुवै नेताले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका गतिविधि निराशाजनक रहेको साझा निष्कर्ष निकालेको पनि सल्लाहकार आचार्यले बताए ।
नेता कोइराला विशेषगरी प्रधानमन्त्री ओलीको कार्यशैलीको उनी आलोचक रहँदै आएका छन् ।


प्रतिक्रिया