काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले दिन गनेर बस्न नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले एक वर्षमा के–के गर्ने हो भन्ने योजना बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्वको सरकार पछिल्लो समय दिन गनेर बस्ने जस्तो देखिएको बताए ।
‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । सरकार दिन गनेर बस्ने होइन । एक वर्षपछि कांग्रेसलाई दिन्छु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने होइन,’ महामन्त्री थापाले भने, ‘एक वर्षमा म यो–यो काम गर्छु । यसबाट मुलुकलाई यो यो पाइदा हुन्छ भन्ने योजना बनाउनुपर्छ ।’
उनले सरकारसँग उद्योग होइन उद्यमशील सोच हुनुपर्ने बताए । त्यही उद्यमशील सोचको विकास गर्न कांग्रेसले २०८४ अगाडि नै पार्टी सरकारमा गएपछि के गर्ने के नगर्ने भन्ने जानकारी दिन प्रशिक्षण चलाउने तयारी गरिरहेको बताए ।
विरोधको राजनीति गर्न ज्यादै सजिलो हुने भन्दै गरेर पुर्याउन गाह्रो हुने थापाले बताए । पछिल्लो समय क्रय शक्ति र माग बढे पनि मुलुकमा हुने उत्पादनले नभ्याएको भन्दै थापाले उत्पादन बढाउने गरी योजना ल्याउन आवश्यक रहेको बताए ।


प्रतिक्रिया