एमाले पोलिटब्युरो बैठकमा विधान महाधिवेशनबारे छलफल जारी

एमाले पोलिटब्युरो बैठकमा विधान महाधिवेशनबारे छलफल जारी



काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक पार्टी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।

एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको छ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म हुन लागेको विधान महाधिवेशनबारे मुख्य छलफल भएको थियो ।

आजको पोलिटब्युरो बैठकमा सोही विधान महाधिवेशनको विषयमा छलफल हुने उनको भनाइ छ । एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको छ ।