पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आज भेटघाट हुँदै

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आज भेटघाट हुँदै



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ ।

पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको हाे ।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याबारे पछिल्लो समय पार्टी बैठकमा बहस सिर्जना भएको छ । भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् । तर, पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए ।