जारी एमाले केन्द्रीय समिति बैठकको फोटोफिचर

जारी एमाले केन्द्रीय समिति बैठकको फोटोफिचर


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजबाट सुरू भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएको हो ।

मुख्यतयाः बिधान अधिवेशनको पूर्वतयारी तथा पूर्वराष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ ।

यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।

तर, पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण भने ‘पेन्डिङ’ मा राखेको जनाएपछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइएपछि हिजो दुबै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।