काठमाडौं । नेपाली कांग्रेसका केही पूर्वपदाधिकारीहरू चाक्सीबारीमा छलफलमा जुटेका छन् ।
सोमबार दिउँसो उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा पूर्वपदाधिकारीहरू छलफलमा जुटेका हुन् ।
छलफलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत छन् ।
सभापति शेरबहादुर देउवानिकट पूर्वपदाधिकारीहरूले यसअघि पनि यस्तै बैठक निधि र कोइरालाको निवासमा गरिसकेका थिए ।
समसामयिक राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक गतिविधि र १५ औं महाधिवेशनमा एकै समूह बनाएर जाने विषयमा उनीहरूले छलफल गर्दै आएका छन् ।


प्रतिक्रिया