विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीको चेतावनी

विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीको चेतावनी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका छन् ।पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भने, भण्डारी आफैले अहिलेसम्म केही बोलेकी छैनन, अरु प्रवक्ता बन्न आवश्यक छैन ।’

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिँडेका नेताहरूप्रति रोषसमेत प्रकट गरे । उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिँडेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा स्पष्ट रूपमा राखिएको र पूर्वराष्ट्रपति भण्डारीको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्ने बताए ।

ओलीले भने, ‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ । उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ ।’

भण्डारी च्यासल आउँदा आफैँ चुनाव गराएर हारेका समूह पनि देखिएकाे उनले बताए । जो भण्डारी पशुपति जाँदा समेत देखिएकाे भन्दै उनले थपे, ‘कहाँ भेट्ने ?’ भन्ने प्रश्नमा उहाँले ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो । तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए ।’

हिजो च्यासल पुगेका अनेरास्ववियु अध्यक्षमा पराजित प्रकाश पौडेल, युवा संघको अध्यक्षमा पराजित सुमन पुरी, पर्वत भण्डारीलगायतलाई लक्षित गर्दै ओलीले त्यसो भनेकाे हुनसक्छ ।

ओलीले आइतबार च्यासलमा भएको भेटवार्ताका लागि भण्डारीबाटै प्रस्ताव आएको पनि बताएका । “भेटवार्तासम्बन्धी प्रस्ताव उहाँबाटै आएको हो । ‘कहाँ भेट्ने ?’ भन्ने प्रश्नमा उहाँले ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो,” ओलीले बैठकमा भनेका छन् ।

एमाले र पार्टी नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकै बेलामा सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक रहेको उनले बताए ।