काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा विधान संशोधनको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
विधान संशोधनको प्रस्तावमाथि हालसम्म ४२ केन्द्रीय सदस्यले आफ्ना भनाइ राखेका छन् ।
गण्डकी र मधेस प्रदेश, उपत्यका विशेष, सम्पर्क मञ्चमा रहेकाले आफ्ना धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार पहिलो दिन कृष्ण थापा, राजिव पहारी,प्रभा बराल,तिलक महत,बालकृष्ण काउछा रहेका छन् ।
त्यसैगरी गोविन्द नेपाली, सूर्य पाठक, रविन्द्र अधिकारी, रामशरण बस्नेत, पदम गिरी,केदार सिग्देल, सम्झना देवकोटा, कल्पना चापागाईँ, दिवाकर देवकोटा, हरि उप्रेती, प्रतीक्षा तिवारी, प्रभु हजारा, अरविन्द सिंह, सरोज यादव, रमेश पौडेल कल्पना थापा, श्याम बस्नेत, पासाङ शेर्पा, विष्णु रिजाल र विद्या भट्टराई लगायतले पनि धारणा राखेका छन् ।
उनीहरुले सचिवालय र पोलिटब्युरो हुँदै आएको प्रस्तावित विधान संशोधनप्रति सहमति जनाउँदै आफ्ना सुझावहरू दिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
धारणा राख्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रियताको विषयलाई गम्भीरता पूर्वक लिँदै यसबारे केन्द्रीय कमिटीले आवश्यक राजनीतिक निर्णय गर्न गर्नुपर्ने बताएका छन् । त्यस्तै उनीहरुले सम्पर्क समन्वय कमिटीलाई सम्पर्क कमिटीमा रूपान्तरण गर्नुपर्नेमा समेत जोड दिएको प्रमुख गौतमले जानकारी दिए ।
बैठक मंगलबार पुन: बस्नेछ ।


प्रतिक्रिया