काठमाडौं । नेपाली कांग्रेसले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कनु उचित नहुने निष्कर्ष निकालेको छ।
मंगलबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा भएको छलफलमा गोपानमान श्रेष्ठले भने, “राष्ट्रपति त देशकै सर्वश्रेष्ठ पद हो। यो पदमा पुगिसकेको मान्छे फेरि राजनीतिमा फर्किन सुहाउँदैन। सभापतिको पनि यही धारणा रह्यो।”
यसअघि सोमबार प्रकाशमान सिंहको निवासमा सात नेताबीच छलफल भएको थियो।
सभापति देउवाले पनि यो विषयमा एमालेले नै निर्णय गर्नुपर्ने बताएका छन्। उता, भण्डारीको सक्रिय घोषणाले एमालेभित्र नै गुटबन्दी देखिएको छ। ओली उनलाई रोक्न चाहन्छन् भने इश्वर पोखरेलसहित केही नेताहरू भण्डारीलाई पुनः प्रवेश गराउन चाहन्छन्।


प्रतिक्रिया