कम्पनी रजिष्ट्रार गिरीसहित ३ जना कारबाहीमा

कम्पनी रजिष्ट्रार गिरीसहित ३ जना कारबाहीमा


ग्लोब नेपाल
459
Shares

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार ईश्वरकुमार गिरीसहित ३ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही प्रक्रिया अघि बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले आवश्यक कारबाही अघि बढेको जानकारी दिए ।

काठमाडौंको नयाँ बानेश्वरस्थित एक कफी शपमा गिरीले खटाएका दुईजना अधिकृत रविन कार्की र भीमप्रसाद पराजुलीले आफूलाई ‘भित्री सूचना’ दिने भन्दै पत्रकारलाई नगद घुस दिन खोजेको समाचार प्रकाशित भएपछि मुख्यसचिव अर्यालले उक्त कदम चालेका हुन्।

मुख्यसचिवको निर्देशनसँगै प्रशासन महाशाखाका कर्मचारीलाई बोलाएर संलग्न तीनै जनाको पत्र तयारी भइसकेको जानकारी उद्योग सचिव राउतले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी कारबाही थालिएको उनले बताए । सचिव राउतका अनुसार मुख्यसचिव एकनारायण अर्यालबाट तुरुन्तै स्पष्टीकरण सोधेर विभागीय कारबाही अघि बढाउन निर्देशन दिएका छन्।