तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्रमा धारिलो हतियार खुँडा देखाएर आतंक मच्चाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ। मदिरा सेवन गरेका लौडारीले स्थानीयलाई ज्यान मार्ने धम्की दिँदै बलराम र अशोक अधिकारीको घरमा खुँडा प्रहार गर्ने प्रयास गरेका थिए।
घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भानुले नियन्त्रणमा लिएको हो। हाल काठमाडौंमा बसोबास गर्दै आएका लौडारी रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियान चलाउन जन्मगाउँ आएका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया